पश्चिम सेती जलविद्युत परियोजनाको विकास गर्दै लगानी बोर्ड, एनएसपीसीसँग गर्यो सम्झौता

  २०७९ साउन २३ गते १९:५०     विकासन्युज

काठमाडौं । लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएसपीसीसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसीसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै लगानी बोर्डका सहसचिव अमृत लम्सालले अपर मस्र्याङ्दी २, ३२७ मेगावाट जलविद्युत परियोजनाको एमओइ गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय भएको पनि बताए । उनले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको नेपाल सरकार मन्त्रीपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको पनि जानकारी दिए ।

त्यस्तै, बोर्डको बैठकले तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डिपीआर लगायतका विभिन्न कामहरु गर्ने निर्णय गरेको छ ।

‘हामी पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गरेका छौँ, यो सहमतिपत्र गर्ने भन्ने बोर्डले डिसिजन गरेको छ, अपर मस्र्याङ्दी २, ३२७ मेगावाट जलविद्युत परियोजनाको एमओइ गरेर यसको सर्वेक्षणको काम अघि बढाउने भन्ने कुरा भयो, माथिल्लो कर्णाली जलविद्युत परियोजनाको नेपाल सरकार मन्त्रीपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको छ, तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डिपीआर लगायतका विभिन्न कामहरु गर्नेछ, प्रक्रिया अघि बढाउनेछ । सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेका छौँ, त्यसको लागि अवधारणापत्र स्वीकृत गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्ड अघि जाने भन्नेछ,’ उनले भने ।

सहसचिव लम्सालले सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेको बताउँदै त्यसको लागि अवधारणापत्र स्वीकृत गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्डले काम थाल्ने बारेमा पनि छलफल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.