भायानेटको नयाँ शाखा अब परवानीपुर र सिमरामा, अल्ट्राफाई प्याकेजमा ल्यायो अफर

  २०७९ साउन २३ गते १६:२९     विकासन्युज

काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ ।

भायानेट सिमराको सर्भिस सेन्टर सिमरा बिजनेस सेन्टरको पहिलो तल्लामा खोलिएको छ त्यस्तै परवानीपुर सर्भिस सेन्टर भने परवानीपुर राजमार्ग छेउको निराधान माईक्रोफाइनान्स नजिक खोलिएको छ ।

कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्रि ओपेनिङ अफर उपलब्ध गराउने भएको छ । साथै, यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् ।

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.