सिटिजन लाइफका संस्थापकले डेढ महिनाभित्र ५० प्रतिशत रकम जम्मा गर्नुपर्ने

  २०७९ साउन २० गते १३:१९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले आगामी डेढ महिनाभित्र थप ५० प्रतिशत रकम थप्नुपर्ने भएका छन् । इन्स्योरेन्सले शुक्रबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीलाई सेयर बापतको थप ५० प्रतिशत रकम थप्न आग्रह गरेको हो ।

साउन १२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको हालको चुक्ता पुँजी बढाउनको लागि साविकको संस्थापक सेयरधनीलाई उक्त आग्रह गरेको हो ।

साउन २० गते सूचना जारी गर्दै कम्पनीले आगामी डेढ महिनाभित्र रकम जम्मा गर्न आग्रह गरेको हो । यससँगै कम्पनीका साविकका संस्थापक सेयरधनीहरुले असोज ७ गतेभित्रमा ५० प्रतिशत रकम विभिन्न बैंक खातामा जम्मा गर्नुपर्ने छ ।

जसको लागि कम्पनीले नेपाल इन्भेष्टमेन्ट, कुमारी, हिमालयन र सानिमा बैंकको खाता नम्बर समेत उपलब्ध गराएको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ तोकिदिए पछि इन्स्योरेन्सले पुँजी वृद्धिको प्रकृया बढाएको हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । संस्थापक सेयरधनीले थप ५० प्रतिशत रकम थपेपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि कम्पनीले आईपीओ जारी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.