विल्डिङ कन्सट्रक्सनबारे सिक्न ख्वप इन्जिनियरिङका विद्यार्थी नेपाल इको प्यानलमा

  २०७९ साउन २० गते १२:५८     विकासन्युज

भक्तपुर । ख्वप इन्जिनियरिग कलेजमा आर्किटेक्चर इन्जिनियरिङको चौथौ वर्षका विद्यार्थीहरु नेपाल इको प्यानल पुगेका छन् । आफनो नियमित पढाईको विल्डिङ कन्सट्रक्सन विषयको व्यवहारिक कुरा सिक्न उनीहरु नेपाल इको प्यानल पुगेका हुन् ।

भक्तपुरको चाँंगुनारायण नगरपालिकाको झौखेलस्थित कारखानामा पुगेपछि विद्यार्थीहरुले क्लासमा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिक्न पाएको बताए । विद्यार्थी आयुषा प्रजापतिले कारखानाको भ्रमणपछि आफनो बुझाइमा परिपक्वता आएको बताइन् ।

यस्तै, अर्का विद्यार्थी विपिन श्रेष्ठले कारखानाको भ्रमण पछि प्यानल कन्सट्रक्सन टेक्नोलोजीको विषयमा बुझने मौका मिलेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.