प्रतिबन्धित गहुँ र चिनी आयात गर्न सरकारको साथ, मन्त्रालयले माग्यो निजी क्षेत्रसँग प्रस्ताव

  २०७९ साउन १९ गते १०:१६     विकासन्युज

काठमाडौं । भारतले गहुँ, चिनी लगायत विभिन्न वस्तु निर्यातमा प्रतिबन्ध लगाएका अवस्थामा नेपाल सरकारले भने आयातको लागि खुला रुपमा पहल थालेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक नेपाली व्यवसायीसँग प्रस्ताव माग गरेको छ । भारतले गहुँ, चिनी निर्यातमा प्रतिबन्ध लगाएकाे बेलामा भारतबाट नै आयात गर्न सरकारले निजी क्षेत्रसँग प्रस्ताव माग गर्नुलाई धेरैले चासाेपूर्वक हेरेका छन् ।

उद्योग व्यवसाय दर्ता गरेका, कर चुक्ता प्रमाण पत्र लिएका, आयात तथा निर्यात गर्न इजाजतपत्र लिएका, प्रचलित कानून बमोजिम क्वारेन्टिन लगायतका इजाजतपत्र लिएका व्यवसायीसँग सरकारले गहुँ र चिनी आयात गर्न इच्छापत्र मागेको हो ।

भारतले गहुँ निर्यातको लागि प्रतिबन्ध नै लगाएको छ भने चिनी निर्यातको लागि भारत सरकारको विशेष स्वीकृति लिनुपर्ने हुन्छ । भारत सरकारको विशेष स्वीकृतिमा गहुँ र चिनी आयात गर्ने प्रक्रियाको शुरुवात भएको उक्त मन्त्रालयका एक अधिकारीले बताए ।

खाद्यन्य संकट हुन नदिन, गहुँ प्रशोधन गरि विभिन्न प्रकारका खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरु नियमित सञ्चालन गर्न, चाडवाडको बेलामा चिनीको अभाव हुन नदिन तथा उच्चदरको मूल्यवृद्धि रोक्नको लागि गहुँ र चिनी आयात गर्नै पर्ने अवस्था रहेकाले मन्त्रालयले पहलकदमी थालेको ती अधिकारीले बताए ।

सरकारले एकातिर नेपाललाई खाद्यन्यमा आत्मनिर्भर बनाउने भन्दै नीति तथा कार्यक्रम बनाएको छ भने अर्कोतिर भारतले प्रतिबन्ध लगाएको खाद्यन्य आयतको लागि मन्त्रालय नै सक्रिय भएर लागेको छ । सरकारको नीति र गतिविधि ठिक विपरित भएको प्रष्ट रुपमा देखिएको छ ।पछिल्लो समय सरकारले रासायनिक मल समेत आयात गर्न नसक्दा कृषि जन्य उत्पादनमा व्यापक गिरावट आउने र खाद्य संकट उत्पन्न हुन सक्ने अडकल समेत हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.