कुमारी बैंकको नाफा ४३.८७ प्रतिशत बढ्यो, ईपीएस कति पुग्यो ?

  २०७९ साउन १८ गते १२:१९     विकासन्युज

काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४३.८७ प्रतिशत बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ७ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेर ६ र्अ ३८ करोड ७ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ७ करोड ७५ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असार मसान्तसम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेर ८१ करोड ८८ लाख २ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेर ८ अर्ब १२ करोड ४९ लाख ६० हजार रुपैयाँ, सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेर ३ अर्ब ९८ करोड ८१ लाख ५८ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ६२ प्रतिशत बढेर १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेर १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष २९.१४ प्रतिशत बढेर ६ अर्ब ४७ करोड ४९ लाख ९४ हजार रुपैयाँ, निक्षेप २१.२१ प्रतिशत बढेर १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र कर्जा ११.२२ प्रतिशत बढेर १ खर्ब ५३ अर्ब ३६ करोड ९८ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ २७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.२० रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ९.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.