प्रिमियममा आईपीओ जारी गर्न घोराही सिमेन्टले माग्यो सेबोनको अनुमति, स्थानीयलाई सस्तो पर्ने

  २०७९ साउन १५ गते १७:११     विकासन्युज

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।

कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । जसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता सेयर र सर्वसाधारण लगानीकर्ताका लागि ७५ लाख ४६ हजार ६११ कित्ता सेयर छुट्याएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ सय रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४ सय रुपैयाँ अंकित मूल्यमा सेयर बिक्री गर्न अनुमति मागेको हो । त्यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थपेर ४३५ रुपैयाँमा निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने सेयर मूल्यभन्दा ३५ रुपैयाँ सस्तोमा स्थानीय बासिन्दालाई सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीले साउन ९ गते सोमबार सेबोनमा आवेदन दिएको हो ।

घोराही सिमेन्टको ३ अर्ब ४५ करोडको सेयर आउँदै, मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ

प्रिमियममा आईपीओ जारी गर्दै एक दर्जन कम्पनी, कुनको मूल्य कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.