१४८ म्यानपावर कम्पनीलाई जरिवाना, १ करोड राजश्व संकलन

  २०७९ साउन १५ गते ११:१४     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार विभागले एकैपटक धेरै म्यानपावर कम्पनीलाई कारवाही स्वरुप आर्थिक जरिवाना गरेको छ । विभागले विज्ञापन प्रकाशनको अनुमति लिएर विज्ञापन प्रकाशन नगरेको भन्दै १४८ वटा म्यानपावर कम्पनीलाई कारवाही स्वरुप ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो ।

उक्त कम्पनीहरुले २०७९ साउन ३ र ४ गते विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिएका थिए । तर तोकिएको मितिमा विज्ञापन प्रकाशन नगरेपछि विभागले कारवाही स्वरुप प्रत्यक कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो ।

विभागले बैदेशिक रोजगार ऐन, २०६४ को दफा ४९ बमोजिक उक्त रकम जरिवाना गरिएको जनाएको छ । १४८ वटा कम्पनीलाई जरिवाना गर्दा ७४ लाख रुपैयाँ राजश्व संकलन भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.