डिशहोमले सुरु गर्यो ‘आइ टिभी’

  २०७९ साउन १० गते १६:०७     विकासन्युज

तस्विर : रिसब चौधरी, विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्कले आइ टिभीको सेवा सुरु गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आइ टिभीको सेवा सुरु गरेको हो ।

सेवा सुरुवात गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले संसारको सबैभन्दा राम्रो प्रविधीमा कम्पनीले कम्प्रोमाइज नगर्ने बताए । आइ टिभी वर्ल्ड क्लास प्रविधी भएको उनी बताउँछन् ।  यस्तै, कम्पनीका प्रबन्ध निर्देशक सुदिप आचार्यले ग्राहकको रोजइ र मागलाई मध्यनजर गर्दै आइ टिभी ल्याएको बताए ।

कम्पनीको अनुसार आइ टिभी डिटिएच र टेरेस्ट्रियलभन्दा फरक रहेको छ । प्रविधी इन्टरनेट प्रोटोकल बेस्ड आइपि टिभीमा सर्टस टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिभ च्यानलहरु लगायत २०० भन्दा बढि टिभी च्यानलहरु रहेको कम्पनीले जानकारी दिएको छ ।

यसका साथै यसमा ५ हजार घण्टाभन्दा बढि विभिन्न कन्टेन्टहरु, भिडियो अन डिमान्ड, क्याचअप टिभीरस्टार्टओभर टिभी, युट्युब, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ ।

नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिश मिडिया नेटवर्कले विगत १२ वर्ष देखि सेवा दिइरहेको छ । २०६७ सालमा होम टिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेको यस कम्पनीले पछि डिश नेपालसँग मर्जर गरी डिशहोम नाममा आफ्नो सेवालाई संचालनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.