एसएमएस मार्फत यसरी हेर्न सकिनेछ एसईईको नतिजा

  २०७९ साउन ९ गते १२:४२     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड एसईई २०७८/७९ को नतिजाको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको छ । यो साझेदारीसँगै अब नेपालभरका एसईईकाे परीक्षा दिएर बसेका विद्यार्थीले सजिलै र सहज रूपमा एसएमएस मार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् ।

विद्यार्थीले नतिजा हेर्नकाे लागि SEE लेखेर स्पेश दिएपछि आफ्नाे संम्बाेल नम्बर लेखेर ३५००१ मा एसएमएस पठाउनुपर्नेछ ।

स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.