नेपाल टेलिकमले पोष्टपेड ग्राहकको धरौटी रकम फिर्ता गर्ने

  २०७९ साउन ५ गते ९:१९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले धरौटी रकम ग्राहकलाई फिर्ता गर्ने भएको छ । टेलिकमबाट पोष्टपेड लिदै आएका ग्राहकले यसअघि राखेको धरौटी फिर्ता पाउन लागेका हुन् ।

कम्पनीले जीएसएम, सीडीएमए, पीएसटीएन, एफटीटीएच, आईएसडीएन, एएफएस सेवा वितरण गर्दा ग्राहकसँग प्रति ग्राहक ३ हजारदेखि ५ हजार रुपैयाँसम्म धरौटी लिएर सेवा दिएको थियो ।

उक्त रकम ग्राहकलाई फिर्ता गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ । धरौटी रकम एडभान्सको रुपमा ग्राहकलाई फिर्ता गर्ने र बाँकी बक्यौता भएका ग्राहकको हकमा उक्त रकम समायोजन गरिने टेलिकमले जनाएको छ ।

रकम फिर्ता यहि साउन १ गतेबाट शुरु भईसकेको र साउन मसान्तसम्म सबैले रकम फिर्ता गरिने टेलिकमले जनाएको छ ।

2 comments on "नेपाल टेलिकमले पोष्टपेड ग्राहकको धरौटी रकम फिर्ता गर्ने"

  • dinanath says:

    ल्यान्ड लाईनकाे धराैटि रकम रु ५०००/ फिर्ता कहिले

  • SHREE BHAGWAN PRASAD says:

    What about landlines deposit?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.