सबै विद्युत आयोजनाका प्रवर्द्धकलाई काम सक्न एक वर्ष म्याद थप

  २०७९ साउन ४ गते १०:३६     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारीको समयमा निर्माणाधित जलविद्युत् परियोजनाहरुको लागि निर्माण कार्य सम्पन्न गर्न सरकारले थप एक वर्ष समय दिने निर्णय गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र विद्युत् प्राधिकरणले यस्तो निर्णय गरेका हुन् ।

निजी क्षेत्रबाट निर्माणधीन विद्युत आयोजनाका प्रवर्द्धकहरुको माग अनुसार आयोजनाहरुको व्यापारिक उत्पादन गर्नुपर्ने मिति, वित्तिय व्यवस्थापन गर्नुपर्ने मिति र विद्युत उत्पादनको अनुमति पत्र बुझाउनु पर्ने मिति एक वर्ष थपिदिने निर्णय भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

२०७६ चैत १० गतेदेखि २०१७८ चैत १० गतेसम्मको अवधिलाई कोभिड महामारीको अवधिको व्याख्या गर्दै प्राधिकरणले उक्त अवधिमा समस्या भोगेका परियोजनाहरुलाई मात्र यस्तो सुविधा दिने प्राधिकरणले जनाएको छ । यो सुविधा उपभोग गर्न सम्बन्धित कम्पनीले साउन १९ गतेसम्म प्राधिकरणमा निवेदन गर्नुपर्नेछ ।

महामारीको बेलामा निर्माणधीन अवस्थामा रहेका र म्याद थपको लागि माग गर्ने सबै परियोजनाको म्याद थप हुने प्रवक्ता भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.