मस्कविरुद्ध ट्विटरले लगायाे मुद्दा

  २०७९ असार २९ गते १४:०९     विकासन्युज

काठमाडाैं । ट्विटरले टेस्लाका सिइओ एलन मस्कमाथि मुद्दा दायर गरेकाे छ । ट्विटर मस्कमाथि ४४ अर्ब डलरकाे सम्झाैत उल्लंघन गरेकाे आराेपमा मुद्दा दायर गरेकाे हाे ।

ट्विटरले अमेरिकाकाे डेलावेयर राज्यमा दायर गरेकाे मुद्धामा मस्कलाई आफ्नाे सम्झाैता पुरा गर्न अदालतलाई आदेश दिन अपिल गरेकाे छ ।

ट्विटरले दाबी गरेजस्तै कुल प्रयोगकर्ताहरूमध्ये ५ प्रतिशतभन्दा कम स्प्याम रहेको भन्ने प्रमाण दिन अस्वीकार गरेपछि मस्कले केही दिन अघि ट्विटर खरिद सम्झाैता ताेडेकाे बताएका थिए ।

उक्त खबर आएपछि ट्विटरको सेयर मूल्य ७ प्रतिशतले घटेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.