गभर्नरलाई सभापति दाहालको प्रश्न : ४/१२ को नीति के गर्नुहुन्छ ?

  २०७९ असार २७ गते १३:४२     विकासन्युज

काठमाडौं । सोमबार अर्थसमितिमा आगामी आवको मौद्रिक नीतिका विषयमाथि छलफल भयो । छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि उपस्थित थिए ।

बैठकमा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले अहिले सेयर बजार र सेयर लगानीककर्ताले उठाउँदै आएको ४÷१२ करोडको नीतिको विषयमा केही भूमीका बाध्दै गभर्नर अधिकारीमाथि प्रश्न गरे ।

सभापति दाहालले सेयर बजार घट्दै गएको र यस विषयमा के गर्न सकिन्छ भन्ने प्रशनमा गभर्नर अधिकारीले सेयर बजारको नियामक निकाय छुट्टै भएकाले यस विषयमा आफू बोल्न नमिल्ने जवाफ दिए ।

‘सेयर बजारको नियामक अर्कै नै छ, मैले बोल्दा केही असर गर्न सक्छ, मैले बोल्न मिल्दैन,’ उनले भने ।

सभापति दाहालले लगानीकर्ता समस्यामा रहेको गुनासो आएकोले उनीहरुको माग सम्बोधन गर्नका लागि गभर्नरलाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.