ब्याजदर बढ्ने मौद्रिक नीति आउनु पर्छ : सुनिल केसी

  २०७९ असार २६ गते १५:५६     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबि बैंकका सीईओ सुनिल केसीले ब्याजदर बढ्ने मौद्रिक नीति आउनु पर्ने बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा सीईओ केसीले यस्तो बताएका हुन् ।

उनले मौद्रिक नीति कसिलो र ब्याजदर माथि जाने हुनुपर्ने बताए । ‘अहिले बैंकहरुको औसत ब्याजदर ११.४७ छ, यो कोरोनाअघिको तुलनामा पनि कम हो,  प्रिकोभिड तुलनामा जोखिम बढेको छ,कस्टभन्दा पनि बेसरेट कम छ ,’ उनले भने ।

यस्तै उनले जलविद्युतलाई बढी प्राथमिकता दिनु पर्ने आवश्यकता भएको बताएका छन् । उनले हेजिङको सुविधा आवश्यक रहेको पनि बताएका छन् ।

One comment on "ब्याजदर बढ्ने मौद्रिक नीति आउनु पर्छ : सुनिल केसी"

  • Yam Raj Begha says:

    ब्‍याजदर बढे बैंक र शहकारी बैंकहरुमात्र पोसिने हो, कृषक र व्‍यवशायिहरु सब धूलो चाट्‌ने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.