टर्कीमा मुद्रस्फीति झन्डै ८० प्रतिशत, खाद्यान्नको मूल्य दोब्बर

  २०७९ असार २२ गते २१:२८     विकासन्युज

लन्डन । टर्कीको वार्षिक मुद्रास्फीति दर जुनमा लगभग ८० प्रतिशतमा पुग्यो र यो लगभग दुई दशकमा उच्चतम स्तर हो ।
उपभोक्ताको मूल्यहरु गत महिना जुन २०२१ को तुलनामा ७८.६ प्रतिशतले बढ्यो । खाना, पेय र यातायातको बढ्दो लागतले गर्दा मूल्य वृद्धि उच्च भएको हो ।

टर्की संस्थानको तथ्याङ्क अनुसार खाद्यान्नको मूल्य एक बर्षमा लगभग दोब्बर भएको छ र यातायातको लागत १२३ प्रतिशत माथि थियो ।

हालसालकै महिनाहरुमा व्यापक मुद्रास्र्फीतिको सामना गर्ने देशको लागि यो अर्को डरलाग्दो कोसेढुङ्गा हो र जसको मुद्राले यस वर्षको सुरुदेखि अमेरिकी डलरको तुलनामा आफ्नो मूल्यको २० प्रतिशत भन्दा बढी गुमाएको छ ।

टर्कीको अर्थतन्त्र अन्य देशहरु जस्तै विश्वव्यापी मुद्रास्फीतिको सामना गरिरहेको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानको आर्थिक नीतिहरुले संकटलाई बढाएको समाचार सीएनएन प्रकाशित गरेको छ ।

गत सेप्टेम्बरमा एर्डोगानले नियम पुस्तिका खारेज गरे र टर्कीको केन्द्रीय बैंकलाई ब्याजदरहरु घटाउन सुरु गर्न भने । तर टर्कीमा बैंक व्याजदर बढ्दै गएको छ । डिसेम्बरदेखि ब्याजदर १४ प्रतिशत कायम छ ।

टर्कीका अर्थमन्त्री नुरेदिन नेबीतले सोमबार एक टुईटमा भनेका छन् विश्वव्यापी बस्तुको मूल्यमा उच्च वृद्धिको निरन्तरताले विशेष गरी उर्जा र कृषि उत्पादनमा जुनमा मुद्रस्फीति बढेको छ ।

उनले सरकारलाई बिक्री कर घटाउने, अनुदान दिने लगायत चर्को मूल्यवृद्धिबाट जनतालाई जोगाउन कारबाही गरिरहेको बताए । एजेन्सीहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.