नेपाल भित्रियो विद्युतीय माईक्रो बस, फुल चार्जमा २५० किलोमिटर चल्ने

  २०७९ असार २२ गते १८:३१     विकासन्युज

काठमाडाैं । जाईमेन किङ्ग युनाईटेड लङ्ग अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरणको शुभारम्भ गरेको छ । श्री इकाे भिजनरी प्रालिले यसलाई नेपाल भित्र्याएकाे हाे ।

१४ सिट क्षमताकाे याे माइक्राेबसमा ५० किलाेवाट आवरकाे ब्याट्रि जडान गरिएकाे छ भने यसमा जडान गरिएकाे ८० किलाेवाटकाे माेटरले २८० न्युटनमिटर टर्क उत्पादन गर्दछ ।एकपटककाे फुल चार्जमा २५० किलाेमिटर चलाउन सकिने याे माइक्राे बस फास्ट चार्जिङकाे माध्यमबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

यस विद्युतिय माइक्रोबसको प्रतिकिलोमिटर लागत पच्चिस पैसाको हारहारिमा मात्र पर्न आउने कम्पनीले जनाएको छ ।

सन् १९८८ मा स्थापना भएको किङ्ग लङ्ग सार्वजनिक यातायातका साधनहरूको रूपमा प्रयोग हुने बस उत्पादन तर्फ चीनकै सर्वाधिक ठूलो उत्पादकको रूपमा परिचित छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.