महालक्ष्मी विकास बैंकले भक्तपुरको एक विद्यालयमा बनाइदियो खानेपानी धारा

  २०७९ असार १६ गते १७:००     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले भक्तपुरको चाँगुनारायणमा रहेको विद्यालयमा खानेपानीको धारा निर्माण गरिदिएको छ ।
बैंकको भक्तपुर शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोट, वेशीटोल स्थित रहेको चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरिदिएको हो ।

झक्तपूर शाखाका शाखा प्रबन्धक अनु श्रेष्ठले उक्त बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गरिन । बैंकको उक्त सहयोगले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरुको सरसफाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.