इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हारदेखि आइफोन १३ जित्न सकिने

  २०७९ असार १४ गते १७:३७     विकासन्युज

काठमाडौं । इसेवा मार्फत मनकामना केबलकारको टिकट काट्दा हिराको हारदेखि आइफोन १३ जित्न सकिने भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनीको रुपमा रहेको इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एक जनाले आइफोन १३, एक जनाले स्मार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सक्निेछन् । आगामी साउन ३१ गतेसम्म सञ्चालन हुने सो योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । सो योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् ।सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित ) भएको हुनुपर्नेछ । अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि इसेवाले विभिन्न समयमा विभिन्न योजना सार्बजनिक गर्दै आएको छ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गर्दै आएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.