गभर्नर अधिकारी र गगन थापाबीच भेटवार्ता, वर्तमान अर्थतन्त्रको विषयमा छलफल

  २०७९ असार १० गते १०:५०     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच शुक्रबार बिहानै भेटवार्ता भएकाे हाे ।

भेटवार्तामा उनीहरुबीच बर्तमान अर्थतन्त्रको विषयमा छलफल भएको छ । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् गभर्नर अधिकारीलाई भेटेको बताएका हुन् ।

उनले गभर्नर अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको बताएका छन् ।

यस्तै, उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्न पनि सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.