वास्तविक किसानले नपाउने भएपछि अनुदान हटायौं : अर्थमन्त्री

  २०७९ असार ९ गते १७:२४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वास्तविक किसानले नपाएकाे देखेपछि बजेटमार्फत अनुदान हटाएकाे बताए । बिहीबार काठमाडाैंमा भएकाे एक कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

उनले आर्थिक वर्ष ०७९–८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको बताए । साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुन सक्ने देखेर यस्तो नीति लिइएको उनकाे भनाइ छ ।

‘गरिब किसाानले लिने थोरै ऋण पनि पुग्न सकेको छैन । साना किसानले ऋण लिएको छ भने इमान्दारितापूर्वक फिर्ता गरेको उदाहरण पनि छन्’ उनले भने, ‘तर, अनुदान भने वास्तविक र साना किसानसम्म पुगेन । त्यसपछि हामीले प्रोत्साहन गर्ने नीति लिएका हौं ।’

उनले वार्षिक साढे तीन खर्बभन्दा बढीको कृषि वस्तुको आयातलाई प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने निष्कर्ष रहेको पनि बताए । ‘आयात प्रतिस्थपानका लािग कृषि उपजको उत्पादन बढाउने, औद्योगिक वस्तुको उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने र सेवा क्षेत्रसमेत निर्यात गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ।

जमिन, पानी वन तथा समग्र प्राकतिक स्रोतहरुको अधिकतम उपयोग गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित गर्न खोजिएको पनि जानकारी गराएका थिए । बजेटले लिएको नीतिकै कारण भारतको हैदराबादमा रहेको दुई वटा सूचना प्रविधि सम्बन्धी विश्वविद्यालय सहकार्य गर्न नेपाल आइसकेको उनले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.