३ महिनाभित्र लगानीकर्ताका माग पुरा हुन्छन् : अध्यक्ष हमाल

  २०७९ असार ७ गते १८:००     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताका अधिकांश माग ३ महिनाभित्रै कार्यान्वयन हुने बताएका छन् ।

मंगलबार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लगानीकर्ताको केही माग सम्बोधनको चरणमा गइसकेको र अब केही मागहरु ३ महिनाभित्रै पुरा हुने बताएका हुन् ।

‘अहिले केही माग कार्यान्वयनको चरणमा गइसकेका छन्, अब तीन महिनाभित्र अधिकांश मागहरु कार्यान्वयन हुन्छन्, सबैले लगानीमैत्री वातावरण बनाउनु पर्छ, काम गर्न पनि दिनु पर्छ,’ उनले कार्यक्रममा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.