प्रदेश १ का विभिन्न स्थानमा बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम सम्पन्न 

  २०७९ असार ६ गते १७:१०     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूले सबैलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले प्रदेश १ अन्तर्गतकाे विभिन्न शाखा कार्यालयहरुमार्फत घरदैलो कार्यक्रम सम्पन्न गरेकाे छ ।

बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरिएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बैंकले भर्खरै मात्र आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियाे । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुबिधा सहित २ लाख सम्मको क्रेडिट कार्ड सुविधा रहेको छ ।

साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदर सहित थुप्रै नि:शुल्क सेवाहरु समावेश गरी सार्वजनिक गरेको छ ।

बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.