हिमालयन क्यापिटलले वुमन लिडका सदस्यहरुलाई दियो उद्यमशीलता प्रर्वधन तालिम

  २०७९ असार ६ गते १६:२०     विकासन्युज

काठमाडौं । हिमालयन क्यापिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मन लिड संस्थाका सदस्यहरुलाई एक दिने उद्यमीशीलता प्रर्वधन प्रशिक्षण तालिम दिएको छ ।

उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले महिला उद्यमीहरुलाई कुनै पनि व्यापार व्यवसाय स्थापना गर्न र सफल रुपले संचालन गर्नको निम्ति आवश्यक ज्ञान र शिपहरुको जानकारी र प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले देशको आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषण गर्दै दिगो रुपले व्यवसाय संचालन गर्न प्राथमिकतामा राख्नुपर्ने विषयहरु सम्बन्धि जानकारी दिएका थिए ।

हिमालयन क्यापिटलका संस्थागत परामर्श विभागका प्रमुख मुज मानन्धर प्रशिक्षक रहेको उक्त कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा वुमन लिडकी कार्यकारी निर्देशक हिमा बिष्ट तथा हजुरी खाध्य उद्योगकी अध्यक्ष तथा उद्यमी हजुरी बिष्टले पनि आफ्नो उद्यम यात्राका उतारचढाव र अनुभवहरुको बारेमा सहभागीहरुसंग अन्तरक्रिया गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.