साढे दुई अर्बकाे ऋणपत्र जारी गर्दै नेपाल बैंक, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

  २०७९ असार २ गते १८:३८     विकासन्युज

काठमाडौं । नेपाल बैंकले दुई अर्ब ५० करोड बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो रकम बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो ।

उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ । बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई ऋणपत्र जारी गर्ने बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

काठमाण्डौं, धर्मपथ स्थित मुख्य कार्यालय रहेका नेपाल बैंकले देशका ७ वटै प्रदेशमा आफ्नो शाखाहरुमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.