जनरल इन्स्योरेन्स कम्पनी नेपालले लन्च गर्यो मोबाइल एप

  २०७९ जेठ ३१ गते १८:४६     विकासन्युज

काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जिआइसी नेपाल नामक एप संचालनमा ल्याएको छ । कम्पनीले चौथो साधारण सभाकाे अवसरमा एप संचालनमा ल्याएकाे हाे ।

सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालले पेश भएको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल भइ पारित भएको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष सहित असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल भइ पारित भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्दै सभा सम्पन्न भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.