रिटेल चेनमा इतिहास रच्दै साथीमार्ट, कोटेश्वरको नरेफाटमा १०३ औं आउटलेट

  २०७९ जेठ ३१ गते १३:०१     विकासन्युज

काठमाडौं । साथीमार्टको नयाँ आउटलेट कोटेश्वरकाे नरेफाटमा मा सञ्चालनमा आएको छ । उक्त आउटलेट साथीमार्टको १०३ औँ आउटलेट हो ।

विगतमा बैंकिङ क्षेत्रमा आवद्ध रहेकी रितु शाक्य र चान्सर प्रिन्टरकी सञ्चालक लक्ष्मी बाडे श्रेष्ठले फेन्चाइज लिएर मार्ट सुरु गरेका हुन् । फ्रेन्चाइज घनी रितु शाक्यका अभिभावक सिद्धिरत्न शाक्य, धर्मराज देउजा र मना देउजाले मार्टको उद्घाटन गरे ।

‘धेरै लामो समयदेखि बैंकिङ क्षेत्रमा आवद्ध भइसक्दा आफु स्वयं पनि एक सफल उद्यमी बन्न चाहेको र नेपालको यस रिटेल सेक्टरमा नयाँ सुरुवात गरि लोकल लेभलमा ग्राहकहरूलाई सुविधा उपलब्ध गराउने योजना छ,’ रितु शाक्यले भनिन् ।

‘मार्टको सुरुवाती दिनदेखि नै निशुल्क होम डेलिभरी दिने योजना रहेको छ । साथै नरेफाट नगरबासीहरूलाई स्मार्ट सपिङको अनुभव दिने हिसाबले साथीमार्टको ब्रान्डसँग जोडिएको हुँ,’ लक्ष्मी बाडे श्रेष्ठले भनिन् ।

६ सय पचास वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुनेछन् । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.