मंगलबार एकैदिन १८ सयले घट्यो सुनको मूल्य

  २०७९ जेठ ३१ गते ११:३१     विकासन्युज

काठमाडौं । मंगलबार सुनको मूल्य घटेर तोलाको ९७ हजार १०० रुपैयाँ पुगेको छ । सोमबार तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन १८ सय रुपैयाँले घटेर तोलाको ९७ हजार १०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.