सूर्या लाइफ इन्स्योरेन्सको वाग्मती प्रदेश स्तरिय बिजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न

  २०७९ जेठ ३० गते १५:५९     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले वाग्मती प्रदेश स्तरिय बिजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा करिब ३०० भन्दा बढी आभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा २०२३ को एमडीआरटी, चौथो त्रैमासिकको हालसम्म वाग्मती प्रदेश अन्तर्गत आफनो व्यक्तिगत कोडमा अधिकतम बिमाशुल्क हासिल गर्न सफल २५ जना अभिकर्तालाई सम्मान गरिएको थियो ।

साथै देशैभरीबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना विजेताहरुको घोषणा गरिएको थियो । ‘लक्की ड्र’मा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जितेका थिए ।

जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले ‘मेरो पहिलो पोलिसी’ अभियान सुरु गरेको छ । जस अन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस भन्ने कामना सहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वाग्मती प्रदेश प्रमुख शुशिल चापागाईं र बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौति र समाधानका साथै मार्केटिङ्ग सम्बन्धि तालिम दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.