सक्दो सस्तो मूल्यमा विद्युतिय कार उपलब्ध गराएका छौं : निर्वाण चौधरी

  २०७९ जेठ २७ गते १३:३२     विकासन्युज

काठमाडौं । सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफुहरुले सम्भव भएसम्मको सस्तो मुल्यमा नेपाली उपभोक्तालाई विद्युतिय कार उपलब्ध गराएको बताएका छन् । उनले सिजीले भर्खरै नेपाल भित्र्याएको चिनियाँ विद्युतिय कार निटा सक्दो सस्तो मुल्यमा उपलब्ध गराएको बताएका हुन् ।

सीजी र निटाको उत्पादक कम्पनी होजोन अटोमोबाइलले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा चिनियाँ बजारमा उपलब्ध मूल्यसँग तुलना गर्दै यसको मूल्य नेपालमा धेरै रहेको र आधिकारिक विक्रेताले उच्च नाफा राखेको विषय झुटो भएको बताएको छ ।

सिजीको अनुसार निटा भीमा उपलब्ध फिचर्स रहेका अन्य इलेक्ट्रिक कारको न्यूनतम मुल्य नेपाली बजारमा ४० लाखभन्दा माथि रहेको छ । बुधबार चिनियाँ विद्युतिय कार निटा नेपालमा सार्वजनिक गर्दै सिजी विद्युतिय सवारीको व्यवसायमा प्रवेश गरेको छ । कम्पनीले यस विद्युितय कारको मूल्य ३७ लाख ९९ हजार तोकेको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ–

पहिलो, नेपालमा सरकारले विद्युतीय कारमा आइसी इन्जिनयुक्त कारको तुलनामा कर सहुलियत दिएको छ । त्यसबाहेक अन्य कुनै सहुलियत उपलब्ध छैन । तर चीनमा भने सरकारले विद्युतीय कार खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष रुपमा नगद सहुलियत दिएको छ । यसरी दिइएको सहुलियत चिनबाट निर्यात हुने कारमा लागु हुँदैन ।

दोस्रो, चीनमा विद्युतीय कार उत्पादक कम्पनीलाई चीनको केन्द्र सरकार र प्रान्तीय सरकारहरुले विभिन्न किसिमका छुट तथा सहुलियत दिएका छन् । जसका कारण उत्पादित वस्तुको मूल्य कम हुन्छ र त्यसको लाभ चिनियाँ उपभोक्ताले प्राप्त गर्छन् ।

उदाहरणकोलागि जेठ १५ मा सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा नेपालमै कार उत्पादन÷एसेम्बल गर्ने कम्पनीलाई ५ वर्षसम्म आय करमा ४० प्रतिशत छुट दिने उल्लेख छ । यसरी दिइने विभिन्न किसिमका छुटले उत्पादक कम्पनीको लागत कम हुने र त्यसको फाईदा नेपाली उपभोक्ताले पाउँने हुन्छ । तर निर्यात प्रयोजनका लागि भने यस्ता छुटहरु दिइएको हुदैन ।
तेस्रो, चीनले कार्बन उत्सर्जन कम गरेबापत विद्युतीय कारमा अतिरिक्त सुविधा दिँदै आएको छ । यस्तो सुविधा नेपाल आउने कारले पाउँदैनन् ।

चौथो, चीनमा बायाँ (लेफ्ट ह्याण्ड ड्राईभिङ) बाट गुड्ने गाडी प्रचलनमा छन् । नेपाललगायत अधिकांश एसियाली देशमा दायाँ (राईट ह्याण्ड ड्राईभिङ) बाट गाडी गुडाउने नियम रहेको छ । आरएचडी गाडी डिजाइन गर्न आरएन्डडी (रिसर्च एन्ड डेभलप्मेन्ट) मा लगानी गर्नुपर्ने हुन्छ । यसरी गरिने लगानी समेत कारको लागतमा जोडिन जान्छ । उदाहरणका लागि टेस्लाले उत्पादन गर्ने कार आरएन्डी बापत प्रतिकार करिब ११ सय अमेरिकी डलर पर्ने गरेको तथ्यांक छ । त्यसैले आरएचडीमा समेत आएन्डडीको लागत जोडिँदा कारको मूल्य केही थपिएको हुन्छ ।
त्यसैगरि नेपाली बजारमा उपलब्ध निटा भीको प्रतिस्पर्धी कारको तुलनामा यसको मूल्य (सीआइएफ भ्यालु) करिब समान नै रहेको छ । यसरी हेर्ने हो भने उक्त कारको नेपाली बजारमा मूल्यको तुलनामा निटा भीको बजार मूल्य २ लाख रुपैयाँ कम देखिन्छ ।

चीन सरकारले चिनियाँ उपभोक्ताका लागि विद्युतीय कारमा दिएको अनुदान एवं सहुलियत जोड्दा ५ देखि ६ हजार अमेरिकी डलर हुन्छ । यस्ता विषय अहिलेको इन्टरनेटको जमानामा जोकोहीले सहजै गुगल गरेर हेर्न सक्छ । त्यसैले निटा भीको चिनियाँ मूल्य नेपालमा तोकिएको मूल्यबारे अनावश्यक भ्रम छर्नुपूर्व चिनियाँ सहुलियत बारे अध्ययन गर्न हामी विनम्र आग्रह गर्दछौँ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.