वागमती प्रदेशकाे नीति तथा कार्यक्रमबारे सांसदहरुकाे मिश्रित धारणा

  २०७९ जेठ २६ गते ११:५७     विकासन्युज

काठमाडाैं । वागमती प्रदेश सांसदहरुले प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम अहिलेको आवश्यक्ता अनुसार नभएको गुनासो गरेका छन् ।

प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नरहेको भन्दै उत्साहीत हुनुपर्ने अवस्था नरहेको बताएका हुन् । सत्तापक्ष बाहेकका प्रतिपक्ष र स्वतन्त्र सांसद भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कुनै नयाँ कार्यक्रम र योजना आउन नसकेको बताउँछन् ।

प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि गत वर्षमा भएका त्रुटी र कमीहरुलाई समेटेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएपनि विपद्जन्य लगायतका प्राकृतिक प्रकोप र समग्र बजेटमा जनचाहनाअनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको बताएका हुन् ।

स्वतन्त्र सांसद रमेश पौडेलले वागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताए । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नभइ परम्परा धान्ने किसिमका रहेको उनी बताउँछन् । उनले प्रदेश सरकारले प्रदेशमा हुनसक्ने सम्भावित विपद्जन्य जोखिम न्यूनिकरणका लागि कुनै नयाँ कार्यक्रम र योजना नल्याएको भन्दै पूर्व तयारीका हिसाबमा सरकारले नसोचेको आरोप लगाए ।

उनले नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्ने स–साना कामलाई प्राथमिकता दिएको देखिएको भन्दै प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेको पनि बताए ।

यता नेकपा (एकीकृत समाजवादी) को तर्फबाट वागमती प्रदेशकी उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले भने आगामी वर्षको लागि वागमती प्रदेशले ल्याएको नीति तथा कार्यक्रम विगतका सरकारहरुको तुलनामा राम्रो भएको बताउँछन् । उनले यो नीति तथा कार्यक्रममा गठबन्धनका धेरै नेताहरुले छलफल गरेकोले पनि नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताए । सांसद आलेले नीति तथा कार्यक्रममा किसानसँग सम्बन्धित कार्यक्रम, महिलासँग सम्बन्धित कार्यक्रम र मजदुरसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिएको बताए ।

वागमती प्रदेश सरकारले गत जेठ १६ गते आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममा एक विद्यालय एक नर्स, छोरीबुहारीलाई छात्रवृत्ति, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता, रंगशाला निर्माण योजना अघि बढाउने लगायतका कार्यक्रम अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.