त्रिभुवन विमानस्थलमा अवतरण गर्न सकेनन् जहाज

  २०७९ जेठ २५ गते १७:३३     विकासन्युज

काठमाडौं । ठूलो पानी परेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।

यस क्रममा भारतको दिल्लीबाट काठमाडौंको लागि आएका दुई वटा जहाज अवतरण हुन नसकेपछि दिल्ली नै फर्किएका छन् । विस्तारा एयर र इन्डिगो एयरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ ।

पानी परेकै कारण केही जहाज भने आकाशमा घुमिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.