मेटमणी चाैधरी भन्छन् – बिहीबारसम्म सपथ लिइसक्छु

  २०७९ जेठ २५ गते १४:२२     विकासन्युज

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका सांसद चौधरीले मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन् ।

उनले बुधबार(आज) नै सपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताएका छन् । उनले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्रि हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक सपथ गराउनका लागि सपथ ग्रहणपछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए ।

मन्त्रिपरिषद् हेरफेर गर्ने नेकपा(एकीकृत समाजवादी)को निर्णयलाई अपरिपक्व भन्न नमिल्ने उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.