उद्योगी व्यवसायीलाई दिएको कर छुटले उपभोक्तालाई कति लाभ मिल्यो ? समीक्षा गरौं : दाहाल

  २०७९ जेठ २३ गते १४:४२     विकासन्युज

काठमाडौं । राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहालले सरकारले उद्योगी व्यवसायीलाई दिएको कर छुटको विषयमा अध्ययन हुनुपर्ने बताएका छन् ।

नेपाल राजश्व परामर्श समितिले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व नीति तथा कर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

‘उद्योगी व्यवसायलाई सरकारले धेरै छुट दिएको छ, यसले देशको अर्थतन्त्रमा सहयोग पुग्यो, उपभोक्तालाई कति राहत मिल्यो, अब समीक्षा गर्न आवश्यक छ’, उनले भने ।

उनले विश्वका धेरै देशहरुमा राजश्व सम्बन्धि परामर्श दिँदै आएका भन्दै उनले संघले समेत सरकारलाई सुझाव दिँदै आएका बताए । हामीले सातै प्रदेशमा गएर सुझाव सल्लाह लिएका थियौँ, संकलन भएको सुझावको प्रतिवेदन सरकारलाई बुझाएका थियौँ’, उनले भने ।

यस्तै उनले सरकारले बहुदरमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्न अध्ययन सुरु गरेकाे बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.