उद्योगको क्षमता बढाउन नयाँ भवन थप्दै रघुपति जुट मिल्स, उद्योगमन्त्री बडूले गरे शिलान्यास

  २०७९ जेठ २२ गते १९:१६     विकासन्युज

काठमाडौं । रघुपति जुट मिल्सले उद्योगको क्षमता वृद्धिको लागि नयाँ भवन बनाउन लागेको छ । विराटनगर रानीस्थित मिल्स हातामा बन्न लागेको उक्त नयाँ भवनको शिलान्यास उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका हुन् ।

साथै, मन्त्री बडूले उद्योग हातामा विभिन्न जातको विरुवा रोपी वृक्षारोपण गरे ।

जुट मिल्स स्थापनाको ७५औं वर्षमा प्रवेश गरेको अवसरमा सो कार्यक्रम आयोजना गरेको हो । वि.सं. २००३ साल भदौ ७ गते स्थापना भएको उक्त जुट मिल्सले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमसहित हीरक जयन्ती (२०७८) मनाएको छ ।

त्यस्तै, मन्त्री बडूले अर्गनाइजेसन अन्तर्गत हनुमान इण्डष्ट्रिज प्रा.लि.मा ५८ वर्ष अघिदेखिको सेवा र रघुपति जुट मिल्समा सञ्चालक मोहनलाल राखेचा एवं ५१ वर्षदेखि निरन्तर मेट (जुट पहिचानकर्ता ) पदमा कार्यरत मो जफ्फरलाई सम्मान गरे ।

कार्यक्रममा मन्त्री बडूले उद्योगको निरिक्षण गर्नुका साथै समग्र उद्योगको विकास र हितका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिव डा. नारायण रेग्मी, उप-सचिव दूर्गा भूसाल, नेपाल उद्योग वाणिज्य महासंघ १ नं. प्रदेशका अध्यक्ष टिकाराज ढकाल, उपाध्यक्ष एवं प्रदेश सरकार सल्लाहकार राजेन्द्र राउत, नेपाल जुट उद्योग संघका अध्यक्ष एवं रघुपति जुट मिल्सका संचालक राजकुमार गोल्छाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेपाल जुट उद्योग संघका उपाध्यक्ष रमेश राठी, रुघुपति जुट मिल्सका संचालक अश्विनी गोल्छा लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.