सबा १ करोडमा बन्ने ‘सर्वजित’ फिल्ममा पर्यटनमन्त्री आलेले ३ लाख सहयोग गर्ने

  २०७९ जेठ २१ गते १७:५१     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो । ेउनले पाँच महिनाको तलब दिँदा २ लाख ४ हजार सहयोग गर्नेछन् । हाल मन्त्रीहरुको मासिक तलब ६० हजार ९ सय रुपैयाँ छ ।

चलचित्रको आज बालुवाटारबाटनै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरे । उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरे । सो चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्नेछन् । ‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ ।

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो । उक्त चलचित्र निर्माणका लागि रु एक करोड २५ लाखको लागत अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.