काठमाडौं विश्वविद्यालयले भारतीय शैक्षिक संस्थासँग मिलेर डिग्रीका विषयहरु पढाउने

  २०७९ जेठ २० गते १४:४९     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालयले भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरु मिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले हैदराबादसेथित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटिएच) र इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजीसँग मिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको हाे ।

यस सम्बन्धमा केयू र आइआइटिएच, आइआइआइटिएचबीच समझदारी र सम्झौताहरु भएकाे विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले जानकारी दिए ।

सम्झाैता अन्तर्गत सञ्चालन हुने हेल्थ केयर टेक्नोलोजीको शैक्षिक कार्यक्रमहरुमा दुवै शैक्षिक संस्थाका प्राध्यापकबाट आधा आधा प्राध्यापन हुने, विद्यार्थी तथा भौतिक र वित्तीय स्रोतको आदानप्रदान हुनेछ । इन्जिनियरिङको क्षेत्रमा पनि संयुक्त डिग्री कार्यक्रम सञ्चालन हुने बताइएको छ । यसबाट दक्षिण एसिया क्षेत्रको लागि आवश्यक पर्ने सक्षम जनशक्ति उत्पादनमा सघाउ पुग्ने प्राध्यापक थापाले बताए ।

स्वास्थ्य विज्ञानतर्फको शैक्षिक कार्यक्रम सुरुमा चितवनको भरपुरस्थित पुरानाने मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज)को हेल्थकेयर टेक्नोलोजी इन्नोभेसन सेन्टर (एचटिआइसी)मा हुने बताइएको छ । थापाकाे अनुसार  एचटिआइसी अत्याधुनिक शैक्षिक तथा अनुसन्धान केन्द्र हुने र त्यसले नयाँ नयाँ प्रविधि समेट्दै स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाउनेछ भने इन्कुबेशन र विकसित उत्पादनको बजारीकरणमा पनि सहजीकरण गर्नेछ ।

‘एचटिआइसीले स्नातकोत्तरको शैक्षिक कार्यक्रम र पिएचडीको शोध कार्यक्रम पनि सञ्चालन गर्नेछ, स्नातकोत्तर कार्यक्रम र पिएचडी शोध चारपक्षीय संकायबाट सञ्चालन हुनेछ, विद्यार्थीले सुरुका ६ महिना कलेज अफ मेडिकल साइन्समा अध्ययनको काम गरेपछि उपयुक्तता अनुसार ६ महिनाका लागि आइआइआइटिएच वा आइआइटिएच पठाइनेछ, त्यसपछि आवश्यकता अनुसार विद्यार्थीलाई ३ देखि ६ महिना एसओई पठाइनेछ र बाँकी अवधि उनीहरुले कलेज अफ मेडिकल साइन्स फर्केर आफ्नो अध्ययन अनुसन्धान पूरा गर्नेछन्,’ उनले भने ।

सम्झौता अनुसार त्यस्ता विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा चारवटै संस्थाको दस्तखत र छाप हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.