फोन पे डिजिटल इकोनोमी कन्क्लेभ हुँदै, अर्थतन्त्र र डिजिटाइजेशन बारे छलफल हुने

  २०७९ जेठ २० गते ९:३७     विकासन्युज

काठमाडौं । मुलुकको अर्थतन्त्र तिव्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ हुने भएकाे छ । ब्राण्डवर्थको आयोजनामा होटल सोल्टीमा उक्त कार्यक्रम गर्न लागेको हो ।

कन्क्लेभको मुख्य उद्धेश्य कोभिड-१९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको कम्पनीले बताएकाे छ ।

कम्पनीकाे अनुसार कन्क्लेभमा ‘बदलिँदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल : सानो बजार कि असिमित सम्भावना ?’ तथा ‘हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा अन्तरक्रिया र बहस हुने छ ।

यी सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको ब्यापक सहभागिता रहने कम्पनीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.