मौसम पूर्वानुमान महाशाखाले भन्यो– इनरुटको जानकारी गराउन सकिंदैन

  २०७९ जेठ १९ गते १६:२२     विकासन्युज

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आन्तरिक उडानका लागि इनरुटको जानकारी गराउन नसक्ने जनाएको छ । महाशाखाले आज एक सूचना जारी गर्दै नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले भनेजस्तो इनरुटको जानकारी गराउन नसक्ने जनाएको हो ।

आइतबार पोखरा–जोमसोम उडानका क्रममा तारा एयरको जहाज दुर्घटनाभएपछि क्याले इनरुटमा उडानका लागि अनिवार्य रुपमा मौसमको जानकारी लिनुपर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले निर्णय गरे पनि महाशाखासँग कुनै समन्वय नभएपछि दुई दिनदेखि पहाडी र हिमाली क्षेत्रमा हुने आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखले हवाई मौसम सेवाअन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरुट पूर्वानुमान दिँदै आएको र आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको जनाउँदै आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट मौसमी सूचना मात्र दिने सकिने उल्लेख गरेको छ । यससँगै दैनिक क्षेत्रगत मौसमी अवस्थाको बिफ्रिङ मात्र गर्न सकिने जानकारी विभागले दिएको छ ।

समन्वय नहुँदा रोकियो उडान

क्यानको मंगलबारको निर्देशनले अन्योल भएपछि वायुसेवा कम्पनीहरुले इनरुटको उडान बन्द गरेका हुन । उडान हुने गन्तव्यहरुको मौसम सफा भए तापनि अन्योलका कारण उडान बन्द भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

मंगलबार प्राधिकरणले मौसम सफा नभएसम्म इनरुटमा उडानको अनुमति नदिने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा बुधबार बिहीबार अनुमतिमा अन्योल भएपछि उडान रोकिएका हुन ।

कन्ट्रोल टावरले मौसम बिभागलाई देखाउँदा एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.