कुमारी बैंकले ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

  २०७९ जेठ १८ गते १६:४०     विकासन्युज

काठमाडौं । कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘केबिएल डिबेन्चर २०८९’ ऋणपत्र बिक्रीका लागि सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको छ ।

बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको उक्त डिवेन्चर (ऋणपत्र) प्रति कित्ता अंकित मूल्य १००० को दरले तीस लाख कित्ता गरी तीन अर्ब बराबरको ऋणपत्र बैंकले निष्काशन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

कुमारि बैंकले १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.