आईसीएफसीले जित्यो महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि, प्राइम बैंक बन्यो दोश्रो

  २०७९ जेठ १७ गते १९:५८     विकासन्युज

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको प्रतियोगिताको उपाधि आईसीएफसी फाइनान्सले पाएको छ । महालक्ष्मी विकास बैंकले आयोजना गरेको उक्त प्रतियोगिताको विजेता भएसँगै फाइनान्सले सो उपाधी पाएको हो ।

त्यस्तै, प्राइम बैंक दोश्रो र कामना सेवा विकास बैंक तेश्रो भएका छन् । महालक्ष्मी विकास बैंकले जेठ १३ देखि १५ गते (तीन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोरमा उक्त प्रतियोगिता सम्पन्न गरेको थियो ।

यससँगै, बैंकले विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरेका थिए । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका थिए ।

राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्रको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंमा आयोजित कर्यक्रममा विजेता आईसीएफसी फाइनान्स, द्वितिय प्राइम बैंक, तृतिय कामना सेवा विकास बैंक, उत्कृष्ट फिल्डर आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेट-किपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्त कुमार श्रीवास्ताव, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्य लगायत ३२ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई म्यान अफ दि म्याचको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै डेपुटी गर्भनर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखी उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए । कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्याउने हुदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताए ।

जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको महालक्ष्मी बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.