तपाई थाहा छ टेलिकमका यी फाइदाजनक प्याक ?

  २०७९ जेठ १७ गते ११:१२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको भोइस प्याक बारे सबैलाई थाहा नै छ होला । टेलिकमको नेटवर्कभित्र कल गर्न सस्तोमा यो प्याक लिन सकिन्छ ।

तर, नेपाल टेलिकमले यस्तो भोइस प्याकमा टेलिकमबाट उसकै नेटवर्कमा र अन्य नेटवर्कमा पनि कल गर्न पाइने प्याक ल्याएको छ । अर्थात एउटै प्याकबाट अब टेलिकम, एनसेल जस्ता नेटवर्कमा कल गर्न सकिन्छ ।

यस्तो भोइस प्याक टेलिकमदेखि टेलिकम गर्दा लाग्ने खर्चभन्दा मात्र १५ रुपैयाँ महँगो रहेको छ ।

यो प्याक अन्तगर्त नेपाल टेलिकमको प्रयोगकर्ताहरूले २६५ रुपैयाँमा २८ दिनको लागि ५०० मिनेटको टक टाइम पाउनेछन् । यसबाहेक, ३५ दिनका लागि १२०० मिनेटको टक टाइमको अर्को प्याक रहेको छ, जसको मूल्य ५५० रुपैयाँ रहेको छ । लामो समय कलहरु गरिरहने ग्राहकहरूका लागि यी प्याकहरू मध्ये कुनै एक उनीहरूलाई उपयुक्त हुनेछ ।

त्यस्तै, प्रयोगकर्ताहरूले असीमित समयको लागि डे भोइस प्याक र नाइट भोइस प्याक प्राप्त गर्न प्राप्त गर्न सक्नेछन् । अल नेट डे भ्वाइस प्याक बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म र अल नेट नाइट प्याक राति १० बजेदेखि बिहान ७ बजेसम्म लागु हुनेछ । ग्राहकहरुले मात्र ३० रुपैयााँमा तोकिएको समयभित्र जतिबेला जुनै पनि नेटवर्कमा कल गर्न पाउनेछन् ।

यस्तै ग्राहकका लागि टेलिकमले अल नेट डे भ्वाइस प्याक ल्याएको छ । यस योजना अन्तर्गत, प्रयोगकर्ताहरूले रु १२ मा ३० मिनेटको प्याक वा रु १५ मा १२० मिनेटको प्याक किन्न सक्छन् ।

यी भोइस प्याक ग्राहकले १४१५ डायल गरेर अल टाइम नेट भ्वोइस प्याकमा क्लिक गरी लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.