उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट

  २०७९ जेठ १५ गते २१:४५     विकासन्युज

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारले प्रधानमन्त्री नेपाली उत्पादन कार्यक्रम ३ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । यस्तै, सातै प्रदेशमा विजनेस इक्वीभेसन सेन्टर स्थापना गर्न २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ भने औद्योगिक पूर्वाधारमा ३ अर्ब ७९ करोड खर्च गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.