बैंकर भन्छन् : बजेट महत्वांक्षी छ, कार्यान्वयन गर्न सके उत्तम

  २०७९ जेठ १५ गते २१:०२     विकासन्युज

काठमाडौं । सररकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरिसकेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख लाख रुपैयाँको बजेट पेश गरे । सो बराबरको रकम खर्च गरेर सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

यो सँगै बैंकरहरुले पनि बजेट सकारात्मक नै भएपनि कार्यान्वयनमा भने चुनौति नै देखिने बताएका छन् ।

यस्तो छ उनीहरुको भनाइ :

प्रद्युमन पोखरेल–अध्यक्ष, डेभलपमेन्ट बैंकर एसोशिएसन

यो बजेटले लक्ष्य निर्धारण गरेको छ । सबै प्रदेशमा पनि बजेटको ‘गोल डिफाइन’ गरेको छ । निर्यात दोब्बर गर्ने आयात बढाउने भनेको छ । बजेट धेरै महत्वाकांक्षी छ । तर, कार्यान्वयन गर्न सके राम्रो हुन्छ ।

बजेट आकार धेरै ठूलो छ । यो धेरै महत्वाकांक्षी देखिन्छ । यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने हो । यदी बजेटको इन्टेन्शन र कार्यान्वयन राम्रो भयो भने राम्रो नै हुने हाम्रो विश्वास छ ।

सरोजकाजी तुलाधार– अध्यक्ष, वित्तीय संस्था संघ

बजेट आफैमा राम्रो छ । यसको कार्यान्वयन के हुन्छ भन्ने हो । जग्गामा हदबन्दी, सिमेन्टको निर्यातमा भन्सार छुट लगायतका विषय राम्रो छन् । तर, अहिलेको समस्या भनेको पुँजीगत खर्च हो । यसको विषयमा बोलेको देखिँदैन । यस्तै, सहकारीका लागि छुट्टै नियामक स्थापना गर्ने भन्ने विषय पनि राम्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.