यी हुन् १९ यात्रु बोकेको तारा एयरको जहाज उडाउने क्यापटेन घिमिरे

  २०७९ जेठ १५ गते १३:३८     विकासन्युज

काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडान भरेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडान भरेको जहाज उडान भरेको १२ मिनेटदेखि सम्पर्क विहीन भएको थियो ।

१९ यात्रु लिएर उडान भरेको ताराको ९ एनएईटी ट्विनअटर विमानको नेतृत्व बरिष्ठ क्यापटेन प्रभावकरप्रसाद घिमिरेले गरेका थिए । उनी तारा एयरका अनुभवी पाइटल हुन भने ट्विनअटर जहाजका प्रशिक्षक पाइलट (आइपी) हुन् ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ९ एन–एईटी कलसाइनको जहाजमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए ।

क्यापेटन घिमिरेसँगै केही समय उडान गरेका क्यापटेनहरु उनी अनुभवी पाइटल रहेको बताउँछन् । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमा घिमिरेसँगै उडान गरेका निगमका पाइटल निप्रेन्द्र भट्टराई   उनी अनुभवी क्यापटेन रहेको बताउँछन् ।

‘उहाँ मभन्दा धेरै सिनियर क्यापटेन हो, मैले निगमको ट्विनअटर जहाज उडान गर्दा उहाँ क्यापेटन हुनुहुन्थ्यो, क्यानको सेफ्टी विभागबाट निगमको ट्विनअटर जहाज उडान गर्न आउँदा उहाँसँगै उडान भरेको थिएँ, उहा एकदमै सहयोगी क्यापेटन हुनुहुन्थ्यो,’ क्यापटेन भट्टराईले भने ।

जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को सेफ्टी विभागबाट जागीर सुरु गरेका क्याप्टेन घिमिरेले नेपाल एयरलाइन्समा समेत उडान गरेका थिए । सन् २००४ देखि तारा एयरमा आवद्ध भएका उनी ट्विनअटर जहाजका आइपी हुन ।

क्यापेटन घिमिरेको दुई छोरी र श्रीमती छन् । बिहान १० बजेदेखि सम्पर्कविहीन भएको सो जहाज दिउँसो १ बजेसम्म भेटिएको छैन । जहाज हराएको मुस्ताङको घोडेपानी क्षेत्र आसपासलाई केन्द्रमा राखेर जहाजको खोजी कार्य भैरहेको जनाइएको छ ।

सो जहाजमा चालक दलका तीन सदस्यसहित इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.