भारतीय दूतावासद्वारा बस र एम्बुलेन्स सहयोग

  २०७९ जेठ १४ गते १५:०४     विकासन्युज

काठमाडौं । काठमाडौं स्थित भारतीय राजदूतावासले मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ छोन्हुपमा रहेको श्रीपाल एवं नाम्ग्याल मोनोस्टिक गुम्बा (विद्यालय)लाई बस उपलब्ध गराएको छ । उक्त गुम्बामा १४ कोठे भवन निर्माण गरिदिएको दूतावासले मुस्ताङको घरपझोङ गाउँपालिकालाई एक थान एम्बुलेन्स पनि उपलब्ध गराएको छ ।

नेपालका लागि भारतका कार्यवाहक राजदूत नाग्या सि खाम्पाले शुक्रबार छोन्हुपमा गुम्बा उद्घाटन गर्नाका साथै बस र एम्बुलेन्स हस्तान्तरण गरेकाे उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए ।

तत्कालीन जिल्ला विकास समितिले विसं २०६८ मा ठेक्का दिएको उक्त गुम्बा निर्माण हुन ११ वर्ष लागेको थियोे । जिल्ला समन्वय समितिका अधिकृत शिवकुमार पौडेलले पुरानो ठेकेदारले काम नगरेपछि सो ठेक्का रद्द गरेर अर्को ठेक्कामार्फत भवन निर्माणलाई पूर्णता दिइएको बताए ।

गुम्बालगायतको संरचना निर्माणमा करिब रु सात करोड खर्च भएको उनकाे भनाइ थियोे । सुविधा सम्पन्न भवन निर्माण र बसको व्यवस्थाले गुम्बामा पढ्ने विद्यार्थीलाई आवतजावतमा सहज भएको छ । कार्यवाहक राजदूत खम्पाले मुस्ताङमा गुम्बा, तीर्थयात्री निवासलगायत संरचना निर्माणमा दूतावासमार्फत भारत सरकारले सहयोग गरिरहेको र यसबाट मुस्ताङको विकासमा सहयोग पुग्ने अपेक्षा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.