सभामा जान किसान लघुवित्तले तोक्यो बुक क्लोजको मिति

  २०७९ जेठ ११ गते १०:५४     विकासन्युज

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले आगामी जेठ २० गते बुक क्लोज गर्ने भएको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

संस्थाले आगामी जेठ २८ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सभाले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गर्दै छ । सो प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै संस्थाका सेयरधनीले उक्त लाभांश पाउने छन् ।

जेठ २० गते बुक क्लोज भएकाले जेठ १९ गतेसम्म कायम सेयरधनीले मात्रै गत वर्षको लाभांश पाउने छन् ।

त्यस्तै, सभाले संस्थालाई अन्य लघुवित्तहरुसँग गाभ्ने तथा गाभिने वा प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रकृया बढाई सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.