बन्द अवस्थामा रहेका उद्योग सरकारले पुनः संचालनमा ल्याउने

  २०७९ जेठ १० गते १६:४५     विकासन्युज

काठमाडौं । विगतमा सञ्चालनमा आएका तर हाल बन्द रहेका उद्योगहरु पुन: सञ्चालनमा ल्याइने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा सो कुरा बताएकी हुन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको हो । कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले विगतमा बन्द भएका उद्योग पुनः संचालन गर्ने जानकारी दिएकी हुन् ।

सरकारी स्वामित्वका उद्योगहरु कसले र कसरी सञ्चालन गर्ने भन्ने विषय राजनीतिक विवादको विषय हुँदै आएको छ । नेपाली काँग्रेस नेतृत्वको सरकारले विगतमा नोक्सानीमा सञ्चालित र निजी क्षेत्रले राम्रोसँग काम गरेका क्षेत्रका उद्योगहरु निजीकरण गर्ने नीति विगतमा लिएको थियो । काँग्रेसको यस्तो नीतिको एमाले लगायतका कम्युनिष्ट पार्टीहरुले विरोध गर्दै आएका छन् ।

अहिले नेपाली काँग्रेसको नेतृत्वमा सरकार छ । तर, सत्ता गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता कम्युनिष्ट पार्टी पनि सहभागी छन् । काँग्रेसको नेतृत्व गरेको र कम्युनिष्टहरुको सहभागिता रहेको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतमा बन्द अवस्थामा रहेका उद्योग पुनः संचालनमा ल्याउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.