जनरल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

  २०७९ जेठ ९ गते १०:५५     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । जेठ ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई इन्स्योरेन्सको बीमा समितिले स्वीकृत गरेपछि मात्रै कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ । ३० प्रतिशत हकप्रदपछि इन्स्योरेन्सको पुँजी एक अर्ब ३० करोड रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.