तरलताको समस्या तत्काल समाधान हुँदैन : गभर्नर अधिकारी

  २०७९ जेठ ८ गते १५:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलताको समस्या तत्काल समाधान नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा उनले तत्काल तरलताकाे समस्या समाधान नहुने बताएका हुन् ।

उनले अर्थतन्त्रका सूचक अहिले पनि नकारात्मक नै भएकोले तरलताको समस्या तत्काल समाधान हुने नदेखिएको बताए । उनले सोधान्तरको स्थिति तत्काल सुधार हुने अवस्था नदेखिएकोले तरलताको समस्या पनि तत्काल समाधान नहुने धारणा राखे ।

‘विश्व कोरोना महामारीपछि मुद्रास्फिति बढेको छ, आयातमा आधारित अर्थतन्त्र भयो, आयातजन्य वस्तु बढ्दा महँगो भएको हो, रेटमा चाप दिएपनि उपभोग घटेन,’ उनले भने ।

यस्तै उनले ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने सही भएपनि कुनै वस्तुको उपभोग कम गर्नका लागि पनि रेट बनाउन आवश्यक रहेको बताए । उनले वर्तमान अर्थतन्त्र धेरै सकारात्मक नभएकोले सबै सजग बन्नु पर्ने बताए ।

हाल मुलुकमा भित्रिने रेमिटेन्सले आयातको ४० प्रतिशत मात्र धान्ने अवस्था रहेको र बाँकी स्रोतले आयात धान्न सक्ने अवस्था नरहेकाले सबै सचेत हुनुपर्ने बताए ।

‘हाम्रो नेपाली उपभोक्ता जति मूल्य परे पनि खरिद गर्ने प्रवित्ति बढेको छ, यसले उपभोग्य वस्तुको आयात बढेको छ, पैसा बहिरिएको छ, वार्षिक तीन अर्ब डलर यसरी बाहिरिएकाले हाम्रो ९ अर्ब डलर विदेशी मुद्रा डलर सञ्चितिले धेरै धान्दैन,’ उनले भने ।

One comment on "तरलताको समस्या तत्काल समाधान हुँदैन : गभर्नर अधिकारी"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.